दोषि को ?

योगेन्द्र उपाध्याय “पुष्प”

जीवनको अन्तीम चरणमा उभिएका समाजका बयोवृद्धहरु जीवनको अनेकन भोगाइहरु भोगेर पनि निरीह, शक्तिहीन र लाचार भइ सजीवको सहारा नपाएपछि नीर्जीव लौरोको सहारामा जब उभिन्छन तब सम्पूर्ण यूवा समाज पात्र हुन्छ धिक्कारको ! जब यूवावर्ग आफ्ना कर्तव्य र सँस्कृति विर्सेर आफ्ना काँधमा आएका जिम्मेवारी पनि धान्न नसकी खुट्टा लडखडाएर जमीनमा पछारिन पुग्छन्, तब सम्पूर्ण वृद्ध समाज पात्र हुन्छ धिक्कारको ! समाज बिग्य्रो, पारिस्थितीक प्रणाली भत्क्यो दोषि न वृद्ध न यूवा, किनकि दुबै चाहन्नन लिन दोष । दोषारोपण वृद्धद्वारा यूवामा, यूवाद्वारा वृद्धमा । कोहि अछुतो छैन, कुसँस्कारको रँग समान रुपले वृद्धमा, यूवामा । संस्कार जोगाउने वृद्धले हस्तान्तरण गर्नुपर्ने यूवामा, वृद्ध कोचाउन चाहन्छ, यूवा कोचित हुन चाहन्न । दोषि को ? कुम्हाले वा काँचो भाँडो ! दोष दिन सजिलो छ यूवालाई दोषि छन् यूवा ! दोष दिन्छ वृद्ध समाज तर दोष दिन मिल्ने वृक्ष किन बनाइयो ? किन काट छाँट गरिएन ? सँख्यात्मक फल धेरै फल्छ भनेर ? तर गुणात्मक ? यूवामा कोयामात्र धेरै छ । आँशु बगाउन सजिालो छ, आँशु पिउन गाह्रो । सागर बग्न सजिलो छ, सागर सुक्न गाह्रो । सागर आँशुको बगाउँछन् वृद्धले, सागर आँशुको सुकाए यूवाले । सागर बगेको सबै देख्छन, सागर सुकेको कोहि देख्दैन । बगेमा त बरु कमसेकम पानी त रहन्छ, सुके साथमा क्यैन क्यै ! यूवाले सुकायो, वृद्धले बगायो । बढि पीडीत को ? मौलिकता दुवैलाई प्यारो छ । तर सुकेको सागरको मौलिकता सागर रहनु नै हो भनेर बुझ्न नसक्नेहरु सागरको तल्लो सतहमा जमेका माछाका गन्हाएका लाशहरु देखेर भन्छन् — यो सागर काम नलाग्ने भयो । हो ! पहिलेका सागर सुक्यौँ हामी, अहिलेको मौलिकता यहि हो हाम्रो गन्हाउने लाश ! नाक थुन्छ वृद्ध तर हामी पानीजस्तो कोमल हुँदा घामबाट बच्न शीतल छाँया दिएनन् । अब दोषि को ? त्यो कोमल चीज जो आफै आफ्नो सँरक्षण गर्न सक्दैन या त्यो सक्षम जसले कोमल वस्तुको आवश्यक सँरक्षण गर्न सक्दैन । यूवाको मौलिकता गन्हायो गन्ध नै प्यारो यूवालाई । यूवा गन्हायो भन्न सजिलो वृद्धलाई । कुहेको एउटा आलु भएको बोरामा यूवालाई हाल्ने को ? स्वयँ यूवा ! अहँ ! आलु कहिल्यै आफै गुडेर बोरा भित्र जाँदैन । के गरोस् यूवा ? किन नकुहोस् ! बन्द बोराबाट झिकेर कोहि त खाँदैन ।

वृद्ध किन छैनन् दोषि ? एक मुस्कानमा यूवाका दोष भूलिदिए । भुले पछि दोष स्वतन्त्र भए यूवा, उडे आकाशमा कुनै शिकारीको लाग्यो मट्याङ्ग्रा, झरे भूमीमा । भुत्ल्याइयो पीडा त छ । रक्ताम्मे शरीर आज यहि हो यूवाको वास्तविकता । प्यारो छ यो नयाँ रङ्ग, खुशी छ यो नयाँ रङ्गसँग यूवा । दुख छैन भुटिनुको दुइ दिन त हो जीवनको मर्नु त छ एकदिन किन वृद्ध हुने यूवावस्थामै मरेपछि । जमीनै यूवाको प्यारो आकाशबाट झरेपछि । दोष दिन सजिलो छ, यूवा दोषि देख्छ वृद्ध, दोषिले दोष दिनु छैन उपयूक्त तर चोर आँैला ठाडो छ दुबैको । अनुभवी वृद्ध जान्दछ — किन आँैला ठाडो गरेँ । कच्चा यूवा अनभिज्ञ, दोष कसरी बताउने । दोषि तर दुवै उस्तै । हावा नचली पात हल्लन्न, दोष नभै औँला उठ्दैन ।

हामी एक चँगा हौँ, उड्छाँै हावामा । हामीलाई बाँधिएछ ड्राइभर जमीनमा । उड्यौँ हामी आकाशमा, बन्धन थियो, दिशा थियो, बन्धन टुट्यो दिशा छुट्यो । डोरी कमजोर ! मजबुत चंगाले बनाउँदैन । कमजोर डोरी प्रयोग गर्ने को यूवा ? तोड्ने को यूवा ? हावा आयो टुट्यो हावाको अगाडि चलेन जोर डोरीको टुट्यो । हामी भयौँ स्वतन्त्र, प्रयोग गर्दै स्वतन्त्रता नाच्यौँ ढल्केर, खायौँ महादेवको अमृत, तात्यौँ धुनीमा । हामीमा रिस छ, दम्भ छ, नहोस पनि किन ? डोरी छैन खुट्टामा । धेरै उड्यौँ हामी सीमा भन्दा पर । पर देख्छन् वृद्ध पर पार्ने को ? न वृद्ध न यूवा !! दोषि मात्र डोरी टुट्नु त्यसको दोष ।

धर्म सिकेन यूवाले, काट्यो नाक सँस्कारको, करुणा छैन यूवामा प्रतीक भयो सँहारको । मस्तीष्क यूवाको छिन्नभिन्न न कुनै सभ्य सोँच न कुनै सभ्यता । सभ्यताको विर्से अर्थ, संस्कार कुन चिडिया हो । रक्षण गरे पिताले, अल्हाद दिइन् माताले, शिक्षा दिए शिक्षकले खै त गुरु ? ज्ञान दिने निती दिने । शिक्षकले वैतनिक शिक्षा दिन्छन् रश्मी दिँदैनन् सूर्यजस्तो, दिन्छन् चन्द्र झैँ । यो बुझ्ने को ? आत्मज्ञान विना सँस्कारको रक्षा हुन सकेन । फादर भन्दा हाम्रो सभ्यता पिता तर्फ गएन, मदर भन्दा हाम्रो सोँच माता हुने भएन । हामी सोच्यौँ मात्र उद्यमी बन्ने । यौटा उद्यम जो सँस्कारबाट विस्तारै पर हुन्छ । संस्कार विपरीथ थोरै जाँदा खुशी भए बढ्दै जाँदा दुखी ! ठिक्क गर्ने चलन छैन यूवामा यूवा तराजु त हैन ! बढि या कम ? कम भन्दा त बढी नै जाति १० नं. ल्याउँदा खुशी हुने १०० ल्याउँदा दुखी ! ल्याउछौँ १०० पूरा केहि नभए डिस्टीन्सन त आँउछ । अरु कहिँ नभए यूवाकै विचमा नाम त आउँछ । नाम राख्न वृद्धमा उनीहरुको वाहवाहिले दिएन । सागर बीच एक डुङ्गाबाट अर्को डुङ्गामा कुद्ने आँट यूवामा त थिएन । थोरै आँट ल्यायो यूवाले भन्यो सक्छु कुद्न वृद्ध भन्न थाले गुड हरेक काम गर्न सक्नपर्छ । दिए कुद्न, भने फर्कन, आयो हावा, बढ्यो दुरी डुङ्गाको, फर्कन सके फेरी यूवा, आँटै आएन फर्कनै मन लागेन । आज यूवा टाढा भयो । दोषिको ? आँट भरिदिने वा भरेको आँट वास्तविकतामा परिणत गरिदिने । तरवार थमाइदिने वा थामिएको तरवार चलाइदिने ।। खान नमाने बचपनमा खुवाइदिए तर सँस्कार लिन्नौँ भनी रुँदा खाना देनन् सँस्कारको । भोकै बन्यो जब भरी दुब्लायो धर्म । आज वृद्ध भन्छन् यूवाले बुझेन वेदको मर्म । नैतिक किताब बाकसमा, शैक्षिक हाम्रो हातमा । घुस्यौँ मात्र शिक्षामा नीति भयो बन्द । पढ्नु थियो यूवालाई । इच्या थियाृ समाधान गर्ने जिज्ञासा शैक्षिक । नैतिकमा फुर्सद भएन । पढ्नु थियो, त्यहि पढ्यौँ जे पायौँ । धमिरे भयो नैतिक पुस्तक । दोषि को ? न वृद्ध न यूवा । दोषि को ? तेश्रो धमिरा ! घुम्न जाउँ औँला समात् छोरा भने लगे मेलामा । हेर्न थाले रँगीन संसार ठेलमठेलामा । मज्जा आयो भीड थियो रँगीन दुनियाँ । हिँड्यौँ, हेर्यौ, हुल आया छुट्यो औँला, छोड्यो भन्छन् वृद्ध । छोडेको हैन छुटेको हो धर्म । समात्नुपर्ने धर्मले बालकले समात्न सकेन । हुलमा पनि विस्तारै समात्दा ख्याल नगर्ने ! अहुलको बेला झैँ चाल गर्ने छुट्यौँ हामी फर्काउन सकेनन् । चोर आँैला दिए हामीलाई चोरी भयो धर्म ! दोषि को ? न वृद्ध न यूवा चोर नै दोषि हो जसले धर्म चोर्यो । कार्वाहि पनि त भएन दोषिलाई । कुलको धर्म राखेस् यूवा — धर्म थाहा छैन । थाहै नभाको चीज चोरी हुँदा यूवाले कसरी पत्ता लगाउने चोरी के भयो ?

यूवामा ताकत छ, आँट छ तर नेतृत्व छैन, नेतृत्व गर्ने वृद्ध हो यूवा आँफै हैन । यूवालाई के धर्ममा लगाउ धर्म बनिदिन्छ । पापमा लगाउ पाप बनिदिन्छ । शक्ति छ जे पनि गर्ने । चाहे पापबाट सन्यास लिने चाहे पुण्यबाट सन्यास लिने । दाह््िर सेता भएका वृद्ध जे सिकाउ यूवा त्यहि गरिदिन्छ । सँस्कार सिकाउ सँस्कारै राम्रो । कुसँस्कार मा हिँड्दा नरोके कुसँस्कारै राम्रो । त्यो त वृद्धको हातमा छ हामीलाई पीउन आमाको दुध दिने वा नदिने । नदिए पनि क्यै छैन । पाएजति चीज चुस्छौँ फाल्छौँ । चुस्दा चुस्दै सबै चिज जुठो हुन्छ, रहन्न चोखो क्यै पनि । अझै पनि समय छ वृद्ध ! जुठोलाई चोखो बनाउ अरु जुठो हुनबाट जोगाउ । हाम्रो आत्मामा भोक छ । भर्नु छ पेट चाहे अन्न चाहे माटो । सच्याइदेउ हाम्रो तृप्ति के हो ? सागर प्रकृतिले शान्त नै दिन्छ । छाल आउने हो हावाले । हावा आउँदैछ अजँग सन्सारमा । बचाउ वृद्ध पतिङ्गर समान उड्दैछ यूवा । हाम्रो संरक्षण गरिदिनु । आफ्नो सँरक्षण गर्न सक्दैन यूवाले ! समातेर राख — हाँगाबाट आफू छुट्न त चाहन्न पत्ताले !! तर…………

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: