दोषी को हो ?

– इआकु

बिहिवार साँझ देखि नै मल्लिका अघिपछि भन्दा बढि नै व्यस्त हुन्छे ।

किरिङ ………किरिङ……… किरिङ………किरिङ……………॥

(मल्लिकाको मोवाइलमा रिङ बज्न थाल्छ । )

मल्लिका : हेल्लो…………..

मो : मु… मु………….मु……आई लव यु डार्लिङ

मल्लिका : मस्किदै मु…. मु…. लव यु…दिपु लव यु ।

मो: छक्क पर्दै ! एई !म त रमेश

मल्लिका : सरी ए जिउभरि सर्पजस्तो खोपेको छ नी तपाईको । लव यु मिस गरि रा’को छु । अब कहिले भेट्ने कहाँ भेट्ने अब भेट्दा सुनको चेन किनिदेउ ल ।

मो : हुन्छ नी मेरी मल्लिका तिम्रो लागि जुनतारा त ल्याउन सक्छु

अर्को : वेटिङ……. वेटिङ….वेटिङ

अर्को : वेटिङ……वेटिङ……वेटिङ लहर……………लहर…………लहर………।

मल्लिका : एकपछि अर्को वेटिङमा बोल्दै हेल्लो…। हाई…यस्तै-यस्तै

मो : ल कति बजे कहाँ यहाँ…॥ वहाँ जाने यस्तै यस्तै

अर्को मो : हेल्लो डार्लिङ…कहाँकति बजे

अर्को मो। : हेल्लो जानु कहाँकति बजे फोनमा जवाफ िदंदैमा व्यस्त छे ।

मो: रिङ………रिङ………रिङ

मल्लिका : हेल्लो ! म तिमीलाई नै सम्झिरहेकी छु । तिमीलाई नै मिसक लगर्दै थिएँ ।

मो : किन तेरो मोवाईल बिजी ननसेन्स…………………
मल्लिका : तिमीलाई नै मिसकल गर्दै थिएँ ।

मो : बिश्वास डगमगायो ।

मल्लिकाले सबैलाई समाजस्य गरि राखेकी थिइन तर त्यसदिन अलि बढिनै मोवाइल बिजी भएपछि मल्लिकाको कुरामा बिश्वास भएन । फेरि मल्लिका दुई चार पटक एउटालाई भेटेपछि फेरि अर्को नयाँ साथी खोज्दथी । उसको यहि बानीले धेरै साथीहरुले दिएको उपहार फिर्ता लिएर जलिल गरि सकेका छन् । आजपनि मल्लिकाले पूराना नयाँ साथीहरुलाई फरक फरक ठाउँ र समयमा बोलाएकी थिइ तर संयोग सबै एकै ठाउँमा र एकै समयमा आउँछन् । मल्लिका त अरु कसैसँग व्यस्त देखेर रिसले तातेर बिचरा मल्लिकाले मुर्गा बनाएकाहरु मल्लिकाको सामुन्नेमा गएर मुखमा आएजति गाली गर्छन् । अनि नेपालको नक्सा भन्दा लामो बिलको लिस्ट देखाउँदै यो सबै यसैको लागि खर्च गरेको हो । यो त मेरी केटी हो । अर्कोले त्यसै गर्छ । यो मेरी केटी हुँदै त्यो मार्केटमा जात्रा नै हुन्छ । अनि केटाकेटी बीच झगडा हुन्छ । एकले अर्कोलाई पिट्छन् । रगतपच्छे हुन्छन् । हेर्नेको भिड लाग्छ । कुनैको आँखा फुट्छ, कसैको दाँत झर्छन् त कसैको हातखुट्टा भाचिन्छ भने कसैको नाक फुट्छ । सबै घाईते हुन्छन् । केटिको कारणले बिचराहरुको त्यो हालत हुन्छ । अनि पुलीसले पक्रेर लैजान्छ र जेलमा थुन्छ । फेरि कम्पनीको मालिक गएर छुटाएर ल्याउँछ तर त्यसपछि कम्पनीमा राख्दैन । उनीहरुको भिसा क्यािन्सल गर्छ । हुन त महाभारतको युद्धपनि द्रौपदीकै कारण बाट भएको थियो । रावणको अन्त्य पनि सीताकै कारण बाट भएको थियो । यो कलियुगमा अरुको देशमा काम गर्न भनेर आएका यी सोझा मुर्गाहरुको हालत पनि केटीकै कारण बाट भएको हो । यता मल्लिकाले अरुनै नयाँ साथी बनाई सकेकी छ । उसको हातमा नयाँ रङ्गीन अत्याधुनिक मोवाईल छ । कम्पनीको आठ घण्टा डिउटी गर्छिन् तर उनलाई कम्पनीको ओभरटाईम जाने समयनै छैन । उनको आफ्नै ओभरटाईम छ । ती नयाँ साथीले उनलाई ओभरटाईम जान दिदैनन् । खालि उनि क्याम्पमा बस्छिन् . आफ्नै नेपाली या बिदेशीलाई मनोरन्जनको नाममा सस्तो शब्दहरु प्रयोग गरेर आफु नारी भएको अस्मितालाई लिलाम गर्दै । बिचल्नी पर्ने बिचरा ती मुर्गाहरु दिनभरि ४५-५० डिग्रीको तापक्रममा पलपल मरेर कमाएको रियल, ती मल्लिका जस्तालाई खर्चिन्छन् । उहिले-उहिले हाम्रै गाउँकी बजैले एउटा सत्यकथा भन्नु भएको थियो । एउटा गाउँमा एउटी फूलमायाले उमेरमा ड्राइभर्नी पनि भईन रे, कप्तान्नी पनि भईन रे, अनि मेजर्नी पनि तर अन्त्यमा उनी एक्लै भईन रे । साथमा कोहि थिएन रे । अनि दिक्क लागेर पहाडको डिलमा गएर आफ्नो अतीत तिर फर्कदा सरम लागेर थुक्क गर्दा भिरबाट लडेर मरिन रे । कतै यी मल्लिकाको पनि हालत ती फूलमायाको जस्तो नहोस् । बिदेशमा मल्लिका झुम्छिन् । नेपालमा मल्लिकाको लोग्ने रक्सी झेरै खाएर क्यान्सरले समातेर दिन दिनै गल्दैछ । छोराछोरिको बिचल्नी छ । नेपालको बिकट ठाउँबाट एक एजेन्टको साहारामा मल्लिका बिदेशीएकी हुन । उनको पासपोर्टको नाम माकुरी हो । उनी राम्रोसँग नेपाली पनि बोल्न जान्दिनन् । उनका स-साना तिनवटा बच्चाहरु छन् । लोग्नेले परिवारको जिम्मवारी नलिएका कारणले बच्चाको भोको पेट र नाङ्गो शरीर देख्न नसकेर अत्तालिएर दुईचार पैसा कमाएर परिवार पाल्ने उद्धेश्य लिएर बिदेशीएकी हुन् । माकुरी (मल्लिका गाउँ) की सिधासोझी एक आमा,एक स्वास्नी हुन् तर आजको उनको यो रुपयो व्यवहार यो अंग्रेजी शब्द कस्ले बनायो त के माकुरीले नेपाल छोड्नु अगाडि यस्तै योजना बनाएर बिदेशिएकी थिइन त उनी त घरको चुल्हो बाल्न र बच्चाको भोको पेट र नाङ्गो शरीर ढाक्ने र पैसा कमाएर बच्चालाई लेखपढ गराउने उद्धेश्यले िहंडेकी थिईन । तर दिन राम्रो छउन्जेल कसैको पनि केहि लाग्दैन भने जस्तै दिनसँधै एकै एउटै हुँदैन । निषेधित क्षेत्रमा अनैतिक कि्रयाकलाप गरेको र आपतीजनक अबस्थामा फेला पारेको भनेर मल्लिकालाई पुलिसले पक्डेर जेल हाल्छ । अहिले मल्लिका जेलमा छिन् । के आजको मल्लिकाको यो हालत कस्ले बनायो उनको लोग्नेले परिस्थीतीले या नारी स्वतन्त्रताको उपजले कि चेतनाको कमी या पर्याप्त सीप र भाषाको अभावले बैकल्पीक बाटो खोज्दा या नारी अस्मितालाई नबुझेर पो हो की आखिर दोषी को हो उनी बिदेशीनु अघिको उद्देश्य पूरा भयो त सावधान……………………॥

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: