दलन: एउटा अलग सपना

बिस्तारै चराले चिठी बोकेर आउँछ । लाग्छ, त्यसमा ठूलै सन्देश छ । पन्चेबाजाका सहयोगी बाजा नगरा र नर्सिंगा बज्छन्, मानौँ शुभकार्यको थालनी भयो । यसपछि दुईतिर सेतो र बीचमा रातो अक्षरमा हातले लेखिए जस्तै तीन अक्षर देखा पर्छन् । यसपछि मादलको ताल मिसिएर संगीत सुरु हुन्छ । यो सांगीतिक धुनसँगै आगोको ज्वालाभित्र चित्रहरू चलमलाउँछन् । यी चित्रहरू चलमलाउँदा लाग्छ, प्लेटोले परिकल्पना गरेको मानिसको गुफाको संसार यही हो । जहाँ मानिसहरू वर्षौंदेखि ठूलो पहाडको गुफामा छन्, अलिकति उज्यालो छिर्छ र चित्रहरू चलमलाउँछन् । मानिसहरू त्यही अँध्यारो गुफालाई साँचो संसार ठानेर बाँचेका छन् । त्यस्तै गरी कोही घन पिट्दै, कोही सारंगी बजाउँदै र लुगा सिलाउँदै गरेका चित्रहरूसँगै सुरु हुन्छ दृश्यमाथिको संगीत बयान ।

माथि-माथि अरूहरू, तल म छु छाँया एक्लै,
जन्म उस्तै, मृत्यु उस्तै, बाँच्नुपर्ने ढंग बेग्लै
मान्छेभन्दा मान्छे सानो, क्रूर कस्तो चलन
यो दलन, यो दलन, यो दलन !

शुभबहादुर सुनामले सिर्जना गरेको सुमधुर लयमा साहित्यकार श्रवण मुकारुङका यी शब्दसँगै नेपाल टेलिभिजनको पर्दामा प्रत्येक आइतबार बेलुका आठ पचास बजे प्रसारण सुरु हुन्छ, नेपाली टेलिशृंखला दलन । जागरण मिडिया सेन्टरको प्रस्तुतिमा आहूतिको लेखन र नवीन सुब्बाको निर्देशनमा दलन तयार भएको हो । नेपाली टेलिभिजनको इतिहासमा मात्र होइन, नेपाली समाजको चलचित्रको इतिहासमा नै यसले नयाँ उचाइ कायम गर्दै अगाडि बढिरहेको छ, दलन । विनातर्क तथा नेपाली समाजका यथार्थभन्दा पृथक् दृश्यहरू थुपारेर ‘ड्याङडुङ’ र ‘झ्याङझुङ’का साथै भारतीय सिरियलका फोटोकपीवाला नेपाल टेलिभिजनका सिरियललाई पछार्दै कसौटी जिन्दगी की र कुमकुमका दर्शकलाई पनि आकर्षण गर्न सफल भइरहेको छ दलन ।

नेपाली सिरियल मात्र होइन, नेपाली चलचित्रको परम्परागत प्रवृत्तिमाथि पनि औँला ठड्याएको छ यसले । यसले कायम गरेको उचाइ मापनको एउटा नमुना हो, टेलिशृंखलाबाट प्रभावित भएर बनेका दलन-क्लबहरू । यसले दलनको प्रभाव र लोकपि्रयता झल्काइरहेको छ । मुलुकमा संविधानसभाको निर्वाचनपछि नयाँ संविधान निर्माणको क्रम यतिवेला चलिरहेको छ । नयाँ नेपालको सामाजिक विसंगतिविरुद्ध तथा सामाजिक रूपान्तरणका पक्षमा त दलन नमुनाकै रूपमा स्थापित हुन सकेको छ भने नेपाली चलचित्रको विषय र प्रस्तुतिमा समेत चलचित्रकर्मी, समीक्षक र दर्शकलाई यसले घोत्लिन बाध्य पारेको छ भन्दा अन्यथा हुनेछैन । सहरदेखि गाउँ, बालकदेखि वृद्ध-वृद्धा, बौद्धिकदेखि सर्वसाधारण, राजनीतिज्ञदेखि कार्यकर्तासम्मको मनमा बस्न दलन टेलिशृंखला सफल भएको छ । के छ त दलनमा त्यस्तो ? किन दर्शकलाई बाँध्न सफल भयो ? के नेपाली चलचित्रका दर्शकले खोजेका चलचित्रहरू यस्तै हुन् ? वा नयाँ नेपालको चलचित्रको स्वरूप र शैली कस्तो हुने ? यी विषयमा जति छलफल र बहस हुनुपथ्र्यो त्यो भएको कतै सुनिएको छैन । दलनको छोटो समीक्षासँगै यस विषयमा एकछिन घोत्लिउ“m ।

***
अहिलेसम्म प्रसारण भएका भागहरू हेर्दा नेपाली समाजको यथार्थ चित्रण गर्न कुनै कसुर बाँकी राखेको छैन । यही यथार्थ प्रतिविम्बका क्रममा कतिपय दृश्यमा निकै जोसिला शब्द पनि प्रयोग भएका छन् । तर, ती शब्दहरू प्रगोग गर्दा निर्देशकले तरिका पुर्याएका छन् । दर्शकलाई शब्दको पछि होइन, भावनात्मकतातर्फ मोड्ने काम गरिएको छ ।

नेपाली सिरियलको सुरुवात लामो दूरीबाट खिचिएको डाँडापखा र गाउँको दृश्यबाट हुन्थ्यो । नेपाली चलचित्रको हालत पनि यस्तै छ । तर, दलनले यो परम्परागत सुरुवातलाई भत्काउँदै कालो पहाडी घोडाको टापबाट सुरु गरेको छ । यसपछि, घोडा छाँटेर हिँडेका जिम्वाल र उसको अर्दलीको दृश्य सुरु हुन्छ । यहीँदेखि दर्शकमा कौतुहल जाग्छ । गाउँका कट्टर बाहुनका छोरा हरिहरको त्यही गाउँकी टुल्की दमिनीसँग प्रेम हुन्छ । टुल्की दुई जीउकी भएपछि यो भेद समाजका अगाडि खुल्दै जान्छ । बाहुनको छोराले दमिनीलाई पेट बोकाएकाले कुलको मानहानी हुने कुरा गाउँका पञ्च-भलाद्मी भनाउँदाले गर्छन् । यसबाट पन्छाउन हरिहर नेपाललाई बनारस पठाउने र टुल्की दमिनीलाई लाटो किनेर विवाह गरिदिने प्रपञ्च रचिन्छ । लाटोसँग जानुभन्दा आत्महत्याको बाटो टुल्कीले रोज्छे । तर, भाग्यवश बाँच्न सफल हुन्छे । उता बनारस हिँडेको हरिहर टुल्कीको मायाले आधा बाटोबाटै फर्किन्छ । दुवैको भीरमा भेट हुन्छ । यी दुवै नछुट्टिने भएपछि सजायका लागि ठिंग्रोमा हालिन्छ । गाउँमा पण्डित खलकको इज्जत बचाउनका लागि चारपाटा मुडेर सँुगुरको पाठो बोकाउँदै कहिल्यै त्यो गाउँ र्फकन नपाउने गरी भेरीखोला कटाइन्छ ।

***

यसरी २००७ सालको माघ महिनामा भेरीको सेरोफेरोबाट कथा सुरु हुन्छ । भेरी कटाइएको त्यो जोडी बाग्लुङ-पर्वतको सरोफरोमा आग्पुग्छ । कथा यहीँ आएर अगाडि बढेको छ । यसको कथा काठमाडौंसम्मको रहको भए पनि यो सामग्री तयार पारुन्जेल गाउँमै छ । २००७ सालको परिवर्तन हुनुभन्दा केही दिनअगाडिको समय, भेरी’roundको स्थान र विषय वस्तुसँगको परिचय सुरुवातदेखि नै मज्जाले गरिएको छ । सबल नाटक, उपन्यास, कथा, र चलचित्रको भाषामा भन्ने हो भने दलनको सेटिङदेखि नै राम्ररी बुनिएको छ । यहीँदेखि दर्शकलाई बाँध्न सफल हुन्छ । त्यस कालक्रमको जिम्वाल, तालुकदारदेखि त्यतिखेरको मान्छेले प्रयोग गर्ने सामग्रीलाई लोभलाग्दो पाराले प्रयोग गरिएको छ । भेरीखोला कटाएपछि तरेको डुंगाको दृश्यले झन् दर्शकलाई त्यही कालमा पुर्याउन सफल भएको छ ।

सात सालदेखिको समय परिवर्तन हुँदै जाँदा प्रयोग गरिने सामग्रीदेखि लुगा पनि परिवर्तन हँुदै गएको देखाएको छ । जिम्वाल, जनजाति र दलितबीचको अन्तर कपडाबाट पनि प्रस्ट हुन्छन् । त्यो बुझाउनका लागि संवादै-संवादको थुप्रो पेस गरिएको छैन । धेरै कुरामा दृश्य आफैं बोल्छन् । कालक्रमअनुसारको संस्कृति र चाडपर्वहरू पनि राम्ररी रचिएका छन् । जिम्वालका दुई छोराको सानै उमेरमा भएको जोरविवाह, जिम्वालको घरमा दसैँमा टीका लगाउन आउने मान्छेको ताँती, सत्यनारायणका पूजा र छेओरजस्ता पक्षलाई पनि उनेको छ । लगौँटीदेखि पाइन्ट, कोराको भोटोदेखि सर्ट, हातले सिलाएको जुत्तादेखि आधुनिक जुत्ता पनि देख्न पाइन्छ यसमा । टोपीलाई मात्र याद गरियो भने इतिहासको फेहरिस्त नै छ भन्दा हुन्छ । घरको बनोटदेखि प्राकृतिक सौन्दर्यमा काखैमा हिमाल, गाउँका डाँडा-पाखा, वनजंगल, गोरेटा र बारीका पाटा तथा खेतका गह्राहरू राम्ररी चित्रित भएका छन् । भेरीमा देखिएको कालो घोडा, जिम्वालको रातो घोडा र सेतो घोडाले निर्माण मूल्य -प्रोडक्सन भ्यालु) बढाएको छ ।

***

२००७ आएको प्रजातन्त्र, ०१६ सालको बिर्ता उन्मूलन, ०१७ सालको राजा महेन्द्रको ‘कू’, ०२० सालको मुलुकी ऐन, २१ सालको भूमिसुधार, पञ्चायती शासन, गाउँर्फक अभियान, ०३६ सालको जनमत-संग्रह, गाउँ-गाउँ पुगेको आधुनिक शिक्षा जस्ता महत्त्वपूर्ण घटनाक्रमलाई पनि दृश्य दस्ताबेजका रूपमा उतारेको छ । जनमत-संग्रहमा बहुदलको पराजयपछि निर्दलीय शासन व्यवस्थाले बोकेको चरित्र र त्यसपछिको मानिसको राजनीतिक चेतनालाई लिएर टेलिशृंखला अगाडि बढ्दै अहिले २०४६ सालको परिवर्तनको वरिपरि आइपुगेको छ । साथै, यसमा नेपाली समाजको विकासक्रम राजनीतिक, समाजशास्त्रीय, शासकीय कोणबाट पनि प्रस्ट्याइएको छ । नेपाल टेलिभिजनको पर्दामा अझै यस्ता राजनीतिक घटनक्रमहरू पनि उठ्दै जानेछन् ।

जस्तो शासनव्यवस्था उस्तै पात्रहरू यसमा देखिएका छन् । पहिलो पुस्ताको जिम्वाल जो प्रजातान्त्रिक कालदेखि पञ्चायतअघिसम्म देखा पर्छ । ऊ घुमाउरो पाराले अन्याय गरे पनि अलि उदार देखिन्छ । तमसुकमा चढाएरै भए पनि ऋण दिने, केही गर्छु भन्नेलाई गर्न दिने स्वभावको देखिन्छ । पहिलो पुस्ताको जिम्वालबाट सत्ता हस्तान्तरण भएपछि छोराले चलाउने सत्ता जति पञ्चायत छिप्पिँदै गयो उति दलितहरूको हुर्मत काढ्दै जान्छ । दलित तथा जनजातिको सामाजिक र राजनीतिक चेतनामा पनि समय क्रमसँगै विकसित भएको देखाइएको छ । कथित ठूलाबडाबाट गाउँले जनजीवन त्यसमाथि पनि दलितलाई गरिँदै आएको शोषणलाई राम्ररी उधिनिएको छ । दलनमा देखाइएको अन्याय र अत्याचारलाई देख्दा लाग्छ, हाम्रो मुलुक नर्कमा नै छ । गाउँमा भोग्दै आएको जीवनलाई टपक्क टिपेर पस्किएको छ । चलचित्र हेर्दा लाग्छ, यो दृश्य कैद गरिएको नभई हामी नेपाली समाजलाई हेरिरहेका छौँ ।

प्रत्येक दृश्यले चलचित्रको भाषा बोलेका छन् । क्यामेराको चाल र कोण, कलाकारका क्रियाकलाप, सट साइज र मौन दृश्यहरू आफैं बोलेका छन् । समाजमा दबाइएका पात्रहरू जो दलित जीवनमा बाँचेका छन् तिनलाई देखाउँदा क्यामेरा माथिल्लो कोणमा राखिएको छ र पात्रहरू तलतिर देखिन्छन् जसले दबाइएको अर्थ दिन्छ । कथित ठूला-ठालूका लागि तल्ला कोणमा क्यामेरा रहेर माथिपट्टिबाट खिचिएको छ यसले ठालूहरू सधैं माथि छन् भन्ने कुराको संकेत गर्छ । निर्देशक नवीन सुब्बाले नुमाफुङपछिको आफ्नो निर्देशकीय क्षमता मजाले देखाएका छन् । विनातर्क कुनै सट वा दृश्य देखा पर्दैनन् । सट साइज र सट टेकिङ पनि जीवन्त लाग्छन् । यस अर्थमा कि, त्यति साँघुरा गाउँले घरमा पनि क्यामेरा मुभमेन्ट देखिन्छ । यसमा छायाकार सिद्धार्थ शाक्य र मोहन शाहको खुबी पनि देखिएको छ ।

सुरुवातमा कथाले छिटो फड्को मारेको भएर निकै घोरिएर हेर्नुपरे पनि पछिल्लो समयमा सरल बनेको छ । पात्र छनोटमा अनुप बरालको कास्टिङ निर्देशकको भूमिका अब्बल देख्न सकिन्छ । गाउँका ब्राह्मणको छोरा हरिहरको भूमिकामा भूषण पोखरेलको अभिनयले धेरैको भावनामा तरंग पैदा गरिदिन्छ । दलनको छायांकनदेखि कतार एयरलाइन्समा जागिर खाएकी टुल्की वविता शर्मालाई सुरुमा गाउँकै पात्रजस्तो अलि कम देखिए पनि अन्य दृश्यले त्यसलाई भुलाएको छ । पहिलो पुस्ताका जिम्वाल देशभक्त खनाललगायत धेरै कलाकारको भूमिकामा खोट लगाउने ठाउँ देखिँदैन । कालीको भूमिकामा दिया मास्केको, जुठेमा अनुप बरालको अभिनयले झन् शृंखलालाई जीवन्त बनाउँछ । दर्शकले कहिल्यै नर्बिसिने कलाकारका रूपमा स्थापित भएका छन् धम्बरेको भूमिकामा देखिएका प्रकाश घिमिरे । स्थानीय कलाकार, जो क्यामेराका अगाडि कहिल्यै परेका थिएनन्, उनको अभिनय क्षमताले पनि दलनलाई जीवन्त बनाएको छ । यी अनुहार देख्दा लाग्छ, यी साँच्चिकै चलचित्र शिल्पी हुन् । मनमा जिम्वाल, रछ्याने, माने, ठूली, माइली, कटुवाल, होमबहादुर, मीतज्यू, सतमान, धम्मरे, गौलेड, मास्टरबाजस्ता भूमिकामा जो-जसले अभिनय गरेका छन्, तिनले अभिनयको राम्रो पाठ सिकाएका छन् ।

साहित्यकार आहूतिको लेखन नेपाली चलचित्र साहित्यमा एउटा कोसेढुंगा साबित गराउने दौडमा दौडिरहेको छ । नेपाली समाजमा रहेको विभेदकारी सांस्कृतिक मान्यता, त्यसको उपज र न्यायपूर्ण संघर्षका स्वरूपहरू टेलिशृंखलामा देखाइएका छन् । सामाजिक जीवनका यथार्थ विम्ब कथामा प्रस्तुत गरिएको छ, जसले सिलसिला र यथार्थलाई तोडेर जथाभावी कथा प्रस्तुत गर्ने परम्परालाई समेत तोडिदिएको छ । सांस्कृतिक संगीतकार शुभबहादुर सुनामको संगीतले कथ्य र चलचित्रको भाषालाई नेपाली शैलीमा बगाएको छ । समग्रमा सबै समूहको चलचित्रमा पकड देखिएको छ, जसले गर्दा चलचित्रको बनोट राम्रो भएको छ ।

अहिलेसम्म प्रसारण भएका भागहरू हेर्दा नेपाली समाजको यथार्थ चित्रण गर्न कुनै कसुर बाँकी राखेको छैन । यही यथार्थ प्रतिविम्बका क्रममा कतिपय दृश्यमा निकै जोसिला शब्द पनि प्रयोग भएका छन् । तर, ती शब्दहरू प्रगोग गर्दा निर्देशकले तरिका पुर्याएका छन् । दर्शकलाई शब्दको पछि होइन, भावनात्मकतातर्फ मोडिदिन्छ । जसले दृश्यमा ऊर्जा थपेको छ । जीवन्त अभिनय, मौलिक संगीत, दृश्य संरचना, क्यामेरा मुभमेन्ट, क्यामेरा कोण, ध्वनिजस्ता चलचित्रको भाषाका साथै कलाको त्यस्तो योग छ, जसले दर्शकको संवेग र बुद्धिमाथि कार्य गर्छ र गौरव र आनन्दको भावना जागृत गराउने समाथ्र्य प्रदान गर्छ । यसैबाट मान्छेलाई आन्दोलित पनि बनाउँछ । यसरी हेर्दा यसले नेपाली दर्शकमा नयाँ चलचित्र सौन्दर्य निर्माणको बाटामा लम्केको देखिन्छ ।

सन् १९५० को अन्त्य र ६० को पूर्वार्द्धमा फ्रान्समा नयाँ तरंग चलचित्र आन्दोलन चल्यो । परम्परागत शैलीमा निर्माण हुने चलचित्रलाई चुनौती दिँदै जन लुक गोदार्डलगायतका समूहले पुराना पुस्तालाई यसरी सम्बोधन गरे- ‘तिम्रा क्यामेरा चाल कुरूप र खत्तम छ, किनकि, तिम्रा विषय नै खराब छन् । तिम्रा कलाकारले खराब अभिनय गर्छन्, किनकि संवाद ज्यादै कमजोर र शब्दमा छन् । र, तिमीहरूलाई चलचित्र कसरी रचना गर्ने भन्ने नै थाहा छैन किनकि तिमीहरूलाई चलचित्र भन्ने नै थाहा छैन ।’

इटलीको नव यथार्थवादी आन्दोलनले पनि संसारभरि चलचित्रको शैली र स्वरूपलाई बदलिदियो र विश्वव्यापी पहिचान कायम गर्यो । नव यथार्थवादीले सेटमा छायांकन गर्ने परम्परालाई तोड्दै कथ्यको मागअनुसारको यथार्थ स्थानमा छायांकन गर्ने संस्कृतिको विकास गरे । व्यावसायिकभन्दा कहिल्यै पर्दामा नदेखिएका कलाकारबाट चलचित्र बनाउन थाले । नव यथार्थवादी चलचित्रकर्मीले परम्परागत चलचित्र निर्माणलाई विस्थापित गरेर नयाँ उचाइ कायम गर्यो । आज पनि नव यथार्थवादी धारका चलचित्रहरू कालजयी बनेर रहेका छन् ।

विशेष गरी फ्रान्स, इटली र जर्मनीका युवा चलचित्रकर्मीले नयाँ शैली र स्वरूपको खोजीमा चलाएको चलचित्र आन्दोलनलाई संसारभरि पढिन्छ । अझै पनि यी आन्दोलनताका बनेका चलचित्रहरू नहेरी धरै पाइन्न । यस्तै चलचित्र आन्दोलनको नेपालमा पनि खाँचो भएको छ । यो आन्दोलनको थालनी दलनले गरेको छ ।

Courtesy: Suvash Darnal, Jagaran Media Center.

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: