पारिजात जीवनी

आजीवन साहित्यमा समर्पित पारिजात (सजना गोले तामङ)

पारिजात

साहित्य मन, भावनाको भाव सागर र संसार हो।सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा सशक्त कला पनि हो।साहित्यले धनी, गरिब, रोगी, निरोगी, युवा बृद्ध कसैलाई पनि छुट्ट्याउँदैनन्।जुनसुकै बेला कुनै कुरा पोख्न सजिलो होला तर साहित्य यस्तो चिज हो जुन मनको कठोर प्रशाव पीडाबाट मात्रै साहित्यको जन्म अथाव सिर्जना हुन्छ।साहित्य जो कसैले मन परेर, चाहेर रमाइलोको लागि सिर्जना गर्छु भनेर हुँदैन।

त्यस्तो साहित्य कहिल्यै वास्ताविक साहित्य बन्न सक्दैन अत: साहित्य त्यो हो जुन आफसे आफ आफै मनभित्रैबाट भावनाको प्रस्फुरण भएपछि मात्र शब्दमा उनिएर आउँछ।अनि हामी त्यसैलाई साहित्यको परिभाषामा विभिन्न नाम, उपनामहरु दिइन्छ।जस्तै कविता, कथा, गीत, नाटक, निबन्घ उपन्यास आदि-आदि त्यसो त साहित्य भावनाको सुन्दर अभिव्यक्तिपूर्ण कला पनि हो ।साहित्य कला र विचारको सुन्दर संयोजन पनि हो। साहित्य समाजको ऐना मात्र नभई राष्ट्र, समाजलाई सहि मार्गनिदेर्शन दिने एउटा सशक्त माध्यम पनि हो ।

साहित्य जीवन हो जीवनमा ज्यान हुन्छ।त्यसो त साहित्यमा समाजको द्वन्द्वविग्रह र इतिहासको नियति र विडम्बनालाई राम्रो अभिव्यक्ति दिन सके त्यो पो साहित्य वास्ताविक साहित्य हुन्छ। यो पो कालजयी हुन्छ।लेख्दैमा साहित्य कहाँ हुन्छ र। यस्तै भन्नुहुन्थ्यो पारिजात । कुनै पनि व्यक्तिको वैयक्तिक विशेषता हुन्छ।प्रत्येक व्यक्तिको विशिष्टताले अरुलाई प्रभाव पार्ने गर्दछ।सबै व्यक्तिमा आ-आफ्नै विशिष्टताले भरिपूर्ण रहेका हुन्छन् ।तर पारिजातमा भने आफ्नो लेखनबाट अरुलाई प्रभाव पार्ने छुट्टै विशिष्टताले भरिएको थियो।

यो कुरा उनको समग्र लेखनको संगालोहरुको अध्ययन मार्फत बुझ्न सकिन्छ।साहित्य लेखन यात्रालाई सुरुवात गर्ने क्रममा थुप्रै किताबहरु अध्ययन गर्ने मेलो मेसोमा मैले सबै भन्दा बढि पारिजातकै किताब अध्ययन गरेकी छु।नेपाली साहित्यमा उहाँले दिनु भएको अमुल्य कृतिहरु नै आज हाम्रा लागि गौरवको विषय हुन आएको छ।उनी जीवन, मृत्यु पर्यन्त नेपाली साहित्यको इतिहासमा निर्भीक,निर्लोभी आथक मिहेनतकाको रुपमा परिचित हुनुहुन्छ ।

उनले आफू मात्र नभइ अरुलाई समेत साहित्य लेखनमा हौसला दिएर गइन् । अनादीकालदेखि मेरो कल्पनामा नाँचिरहेको व्यक्तित्वसँगको सम्झनाको साक्षात्कार गर्ने र उहाँको ’boutमा केही शब्द कोर्ना पाउँदा आज मैले आफ्नो मन गर्विलो भएको महशुस गरेकी छु। आफूले अध्ययन र अनुभव गरेका र उहाँको बाहिनी सुकान्यसँगको भेटघाटको कुरालाई अधारित गरि आज उहाँको ’boutमा केही शब्दहरु अरु साहित्य स्रष्टाहरुमाझ राख्ने कोशीस गरिरहेकी छु ।

नेपाली साहित्यको जगतमा सर्वोच्च नारी प्रतिभा र सौन्दर्यप्रति निष्ठावान, स्पष्ट, निडर र स्वाभिमानी चरित्रकी धनी पारिजात आज हाम्र सामु हुनुहुन्न।तर उहाँका कृतिहरुले हामीलाई सँधै झक्झकाइ रहन्छन् ।आफ्नो सम्पूर्ण जीवन साहित्य सिर्जनामै सर्मपित गरिन पारिजातले।यस ठाउँमा उनको जीवनको आदि र अन्त्य जोडिएको छ । विरलकोटीका साहित्य रचेर नेपाली साहित्यको भण्डार सम्पन्न गर्ने यी महन साहित्यकार पारिजातको जन्म आपा डा. के.एन वाइबा र आमा अमृत मोक्तानको कोखबाट वि.सं. १९९४ वैशाख दार्जिलिङको लिँगिया चियाकमानमा महिनामा भएको हो।

उनको न्वाराणको नाउँ विष्णुकुमारी वाइबा, लामाले (तारारानी, छेकुडोल्मा) राखिदिएका थिए ।तर स्वायमै नै रोजेकी नाउँबाट उनी संसारभरी छरिएका नेपाली साहित्यका सचेत,तप्काहरूबीच परिचित र प्रिय बनिन् ।दार्जिलिङकै सुन्दर प्रक्रृतिको काखमा लडीबुडी खेल्दै पारिजातको बाल्यकाल बित्यो।फ्रकभरि चाँपका कोपिला बटुलेर वा उनिउँ घारीभित्र पल्टेर खुब रमाएर खेल्ने गर्दथे उनी ।प्रारम्भिक शिक्षा दार्जिलिङमै हासिल गरी २०११ सालमा नेपाल (काठमाडौं) भित्रिएकी पारिजाले पद्मकान्य विश्रामबाट एस.एल.सी र पद्मकान्य क्याम्पसबाट बीए.सम्मको अध्ययन हासिल गरिन् ।

उनी भावुक र कल्पनाशील भएकाले पानीमा रूझ्दै-रूझ्दै घुम्ने, बन, जंगल चहार्ने, जंगली फूलहरू टिप्ने गर्थे। सा-साना घटनाले पनि गहिरो प्रभाव पर्दथ्र्यो ।उनी त्यतिकै संवेदनशील, अन्तर्मुखी र कोमल ह्रृदयकी पनि थिइन्।वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष मन मन पर्दथ्र्यो।साहित्य लेखन मात्रा नभएर गायनमा पनि विशेष रूची थियो । बन्दी सहयता नियोग संस्था खोलेर असहाय बन्दीका आफन्त बन्न पुगेकी पारिजात बन्दीहरुका निर्दोष बच्चाहरुका निम्ति “बचेर बास” नामक सेवा मुलक संस्था खेली वात्सल्य दिने अभिभावक समेत बनेकी थिइन् भने अन्याय र उत्पीडनमा झेलीरहेका सबै पक्षका मानिसहरुको निम्ति लड्ने भरोसायोग्य योद्धा बनेर यिनले इतिहासलाई समेत आफ्नो मूल्याङ्कन र स्थान निर्धारण गर्न बाध्य पारिन।

उनको जीवनकालभरि नै संघर्षै संघर्ष र विभिन्न अभावहरूले भरिएको थियो ।बाल्यावस्थामै आमाको मृत्यु भएकोले मातृस्नेहबाट बञ्चित भएनी पारिजातले पिताको संरक्षणमा काठमाडौं आफ्नो अध्ययनलाई अगाडी बढाउदै गइन्, तर फेरि पनि वि.सं. २०२९ मा पिताको देहावसान भएपछि पितृस्नेहबाट पनि टाढिनु पर्यो । त्यसपछि पारिजातले जीवनमा झन संघर्ष र शारीरिक र मानसिक यातनासँग जुध्दै आफ्नो पाइलाहरूलाई अघि बढाउदै गइन् बाह्रा बर्षको कलिलो उमेरमै शरीर दुख्ने व्यथाले पीडित थिइन पारिजात फेरि बर्षको लाउ-लाउ खाउ-खाउ भन्ने उमेरमा हाड जोर्नीसम्बन्धी बाथ रोगबाट आक्रान्त भएर ओछ्यानमै थाला परिन ।

त्यसपछि क्षयारोग, दम, र अल्सरजस्ता रोगहरूबाट ग्रासित हुँदै गइन् । उपचारका क्रममा भारतका विभिन्न अस्पसतालहरू समेत चहारिन् तर पारिजातलाई रोगले भने छोडेनन् ।त्यसपछि बाहिनी सुकान्यको साहरामा आफ्नो लेखन यात्रासँगै रोगी जीवनरथलाई अघि बढाउदै गइन्।पारिजातले यसरी शारीरिक रूपले अशक्त भएर पनि साहस र आत्मबल भए समाज र राष्ट्रका लागि ठोस देन दिन सकिन्छ।भन्ने तथ्यलाई प्रमाणित गरेरै छाडिन पारिजातले।जस्तोसुकै विषम परिस्थिति र कठिनाइहरूसाग निरन्तर जुध्दै आफ्नो कार्यक्षेत्रमा अथाक रूपले लागि रहिन् । वि.सं. २०१३ सालमा “धरती” पत्रिकामा कविता प्रकाशनबाट पारिजातले आफ्नो साहित्यिक यात्रालाई सूरूवात गरेकी थिइन। पिताले डा. बनाउने सपनालाई तोडेर उनी सबैका सामु सँधैभरि साहित्यको बगैँचामा मगमगाएर फूलिरहिन ।

पारिजातले साहित्यको विभिन्न विधाहरूमा आफ्नो कलम चलाएका छन् । यसमध्ये शिरिषको फूलले पारिजालाई चर्चाको शिखरमा पुर्यायो।जीवनको अर्थहीनता, विसंगति र निराशालाई मूल विषयवस्तु बनाएर लेखिएको यो उपन्यास अन्तराष्ट्रिय स्तरको भएकोले विभिन्न भाषामा अनुवाद भइसकेको यस कृतिको अंग्रेजी अनुवाद “दब्लुमिमोसा” अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ । पारिजातले महिला मुक्ति सम्बन्धि लेखहरूको संकलन “आधी आकाश” पनि प्रकाशनमा ल्याएको छ।यसका अतिरिक्त एकाङ्की (लघुनाटक) पनि उनको कलम चलेको पाइन्छ।

यसरी उनको लेखनमा विशेषः भाषा शैली अत्यन्त कलात्मक र मिठासपूर्ण रहेको पाइन्छ। उनको साहित्य लेखनमा विभिन्न आधुनिक वादहरूको प्रभाव परेको पाइन्छ ।

शोषित र पीडित जनता र समाजको यथार्थ चित्रण नै उनको साहित्यको मुल विशेषता हो । सामाजिक असमानता, विसंगती र विकृतिका विरूद्धमा उनको लेखनले विजोड गति लिएको देखिन्छ । विभिन्न पेशामा लागेकी पारिजातको सम्पूर्ण जीवन भने साहित्य सिर्जनामै वित्यो ।

(उनको विचारमा साहित्य यस्तो शक्तिशाली हतियार हो जुन बेलामौकामा बन्दुक र बम भन्दा पनि बढि विस्फोट हुन्छ।साहित्य चेतना र जागरणको आलोक हो। यथार्थ साहित्यले समाजको वास्ताविकतालाई प्रस्तुत गरि नागरिकलाई चेतना प्रदान गर्दछ र सुधातर्फ अभिप्रेरित गर्दछ ।)

यसरी उनी विभिन्न साहित्यक, संस्कृतिक, राजनीतिक, सामाजिक संघसंस्थाहरूसँग अबद्ध रहिन ।यतिमात्र नभएर राल्फा नामक साहित्यिक आन्दोलनको नेतृत्व समेत गरेकी थिएन पारिजातले। “प्रगतिशील लेखक संघ” को स्थापनामा समेत सक्रिया भूमिका खेल्दै “अखिल नेपाल महिला मञ्च” र बन्दी सहायता नियोगका संस्थापक अध्यक्ष इन्द्रेणी सांस्कृतिक समाजका मानार्थ अध्यक्ष नेपाल मानवअधिकार संगठनका संस्थापक उपाध्यक्ष र त्रिभुवन विश्वविद्यालयको सभाको मनोनित सदस्य समेत रहनु भएको थियो। वि.सं. २०४६ को जनआन्दोलनमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ। यसका अतिरिक्त उनी “इन्टरनेशल फेमिनिस्ट एम्नेस्टी इन्टरनेशल” जस्ता अन्तराष्ट्रिय संघसंस्थाहरूमा पनि सम्बद्ध हुनुहुन्थ्यो। यसरी देश र जनताको सेवामा सँधै समर्पित रहि रहिन पारिजात।

यसरी उनले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदान कदर स्वरूप उनलाई “मदन पुस्कार” गङ्की वसुन्धारा पुरस्कार” सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार र नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा विद्वद्वृत्ति समेत प्रदान गरिएको थियो। भने विभिन्न संघसंस्थाहरूले समेत अभिनन्दन गरेका थिए ।पारिजातको जन्मथलो दार्जिलिङ भएपनि कर्मथलो नेपाललाई नै बनाएकी कर्मठ एवंम् चिन्तशिल पारिजात आजीवन अविवाहित नै रहेर प्रतिकुल परिस्थितिसँग जुध्दै निरन्तर साधनारत रहिन्।सानै उमेरदेखि नै रोगले ग्रसित पारिजात उपचारको लागि वीर अस्पतालमा भर्ना गरी उपचारको क्रममा वि.सं. २०५० साल वैशाख ५गते उनी सदा-सदाको लागि यस संसारबाट विदा भइन।तर पारिजातले हामी सबैको माझ विश्वसामु उनका अनमोल कृतिहरु छोडेर राखेका छन् ।उनको अमूल्य साहित्य सिर्जनाहरुले पारिजातलाई सँधै पारिजातको फूल मगमगाएझैं मगमगाउने छन् सुवास छरिरहने छन् ।

पारिजातको प्रकाशित कृतिहरूः-

कविता संग्रह

१)आकांक्षो
२) पारिजातका कविताहरू
३) बैंशालु वर्तमान

कथा संग्रह
१) मैले नजन्माएको छोरो
२) आदिम देश
३) सडक र प्रतिभा
४) साल्गीको बलात्कृत आासु
५) बधशाला जाँदा आउँदा

उपन्यासहरू
१) शिरीषको फुल
२) महत्ताहीन
३) बैंसाको मान्छे
४) तोरीबारी
५) बाटा र सपनाहरू
६) अन्तर्मुखी
७) उसले रोजेको बाटो
८) पर्खाल भित्र र बाहिर
९) अनिदो पहाडसागै
१०) परिभाषित आँखाहरू र बोनी

संस्मरण र निबन्धहरू
१) धुपीसल्ला र लाली गुराँसको फेदमा
२) एउटा चित्रमय सुरूवात
३) अध्ययन र संघर्ष

अन्तमा
यतिबेला उहाँलाई भौतिक रुपमा नभेटे पनि भावनात्मक रुपमा साक्षात्कार भएको अनुभव गरेंकी छु मैले।साँच्चिकै नजिकैको कृतिमता भन्दा टाढाको सहजता, सरलता, भावनात्मक निकटताको महत्व अझ बढि हुँदोरहेछ।एकमनले दुःख पनि लागेको छ मेरो सानैदेखिको पारिजातलाई भेट्ने, साहित्य लेखनको ’boutमा धेरै कुराकानी गर्ने, र उहाँलाई सुम्सुम्याउँने तिब्र ईच्छा चाँहि आधुरै रह्यो।तर आज एउटा तामाङकी छोरी पारिजात विश्व साहित्यको बगैंचामा फुलिरहेको देख्दा भने हामी सबैलाई असाध्यै गर्व लाग्छ।उहाँको कृतिहरुसँगै हुँदा उहाँसँगै भए झैं लाग्छ।

तर एउटा कुरा विश्वले नेपाली साहित्यको बगैँचामा सर्वोच्च व्यक्तित्वको रुपमा महाकवी देवकोटालाई मात्र चिन्छ।के यसो गर्नु ठीक हो त ? उहाँको साहित्यनिष्ट, प्रेम,लगनशीलता र धैर्यतालाई हामीले ह्दयदेखि नै सम्मान गर्नै पर्छ।आज समय भिन्न छ।सबै ठाउँमा अत्याधुनिक स्रोत पुग्दैछन्। प्रविधिको तरंगमार्फत एउटा कम्प्युटर वा ल्यापटपको माध्यमबाट सबैका आ-आफ्नै घर-घरमा प्रेस, छापाखाना र विश्व घुमिरहेको हुन्छ। नेपाली जगतकी सर्वोच्च साहित्कार पारिजात देवकोटाकै दाँजोमा उभिएकी छिन् ।

तर किन जुन सुकै क्षेत्र र तहमा तामाङ र अन्य जातिका ’boutमा हेर्ने दृष्टिकोण भने सँधै भिन्न र फरक नै रहेका हुन्छन् ।यतिखेर सहआस्तित्वको समय छ ।यसप्रति सबैलाई बोध गराउनु आवश्य छ।प्रविधि निष्पक्ष हुन्छ यसले सबैलाई समान व्यवहार गर्छ। देशविदेशका फरक-फरक अनुहार र भिन्न -भिन्न बोलीहरुले पढेका पारिजातलाई यतिखेर नेपाली साहित्य संघ संगठनहरुले जसरी देवकोटाको सप्ताहव्यापी रूपमा जन्मजयन्ती हर्षोल्साका साथ मनाउँछन् त्यतिकै रुपमा पारिजातको जन्म जयन्ती वाषिर्की पनि मनाउनु आवश्यक छ।

यदि होइन भने त्यो चाँहि नेपाली साहित्यप्रतिको ठूलो अपमान हुनेछ। जनताको ओंठमा मुस्कान र अनुहारमा विश्वास जन्माउन सक्ने पारिजात आज मात्र नभइ भोलिका पींढीका निम्ति पनि जीवनदायी प्रेरणाको स्रोतका रुपमा दरिनेछन्।भन्नेमा हामी ढुक्क छौं ।

त्यसैले अब यतिखेर राष्ट्रले मात्र नभई नेपाली साहित्य, आदिवासी जनजाति र तामाङ संघसंगठनहरुले पारिजातको प्रतिभाको सहि मूल्याङ्कन उचित सम्मान गरिनुपर्छ ।भन्दै यिनै शब्दहरु सहित श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

साभार :- तामाङ सामाज डट कम

लेखिका तामाङ सामाज डट कमका संवाददाता हुनुहुन्छ ।

One Response

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: